आइतबार, मंसिर ११ २०७९

रवि लामिछाने र स्वतन्त्रहरुको राजावादीसँग घाँटी जोडिएको छ : बानियाँ



  • नेपालदीप
  • मंगलबार, कार्तिक २२ २०७९
988
SHARES

नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् लोकतान्त्रिक वाम गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर-२ (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँले राजावादीहरुसँग राष्ट्रिय स्वतन्त्र पार्टीको साँठगाँठ रहेको दाबी गरेका छन् । गणतन्त्र र धर्मनिरपेक्षता विरोधी तत्त्वसँग आफूहरू स्वतन्त्र हौँ भन्ने रवि लामिछानेको ‘घाँटी जोडिएको’ बानियाँको आरोप छ ।
सोमबार मनहरी गाउँपालिकाको ३ र ४ नम्बर वडाको गठबन्धनको संयुक्त चुनावी भेलालाई सम्बोधन गर्दै बानियाँले भने–‘रवि लामिछानेको स्वतन्त्र पार्टीको राजावादीसँग घाँटी जोडिएको छ, उसले संघीय व्यवस्था हटाउन प्रदेशमा उम्मेदवारी दिएन, कांग्रेस हुँ भन्दै अरू नै चिन्ह लिएर उठ्नेहरूसँग भ्रममा नपर्नुहोला ।’देशको व्यवस्था बदलिएको भन्दै अब जनताको अवस्था बदल्न लाग्नुपर्ने उनले धारणा राखे । अब जनताको अवस्था बदल्न लोकतान्त्रिक बाम गठबन्धनले भूमिका खेल्ने बानियाँले बताए ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट