आइतबार, मंसिर ११ २०७९

कैदीबन्दीसँग जेलभित्रै क्रिकेट खेल्छन् सन्दीप



  • नेपालदीप
  • बुधबार, कार्तिक २३ २०७९
4.4K
SHARES

जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने कैदीबन्दीसँगै जेलभित्रै क्रिकेट खेल्ने गरेकाछन।
राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेमा पनि बल र ब्याटप्रतिको मोहलाई महसुस गर्दै जेल प्रशासनको सुन्धारास्थित भद्र बन्दीगृहभित्र रहेको खेलमैदानमा कैदीबन्दीसँग उनी क्रिकेट खेल्ने वातावरण गराईदिएको हो । जेलभित्र टेनिस बलमा क्रिकेट खेल हुने गरेको छ । सन्दीप पनि टेनिस बलमै खेल्छन् ।
‘प्राप्त प्रमाणहरूको आधारमा यी प्रतिवादी निर्दाेष रहेछन् भन्ने मान्न नमिल्ने’ भन्दै जिल्ला अदालतले मुद्दाको किनारा नलाग्दासम्म उनलाई थुनामा पठाउने आदेश दिएको थियो ।
आगामी ७ मंसिरमा पीडित तथा साक्षीहरूको अदालतमा बकपत्र हुँदै छ । अदालतले जाहेरवाला पीडित, अनुसन्धानको क्रममा बुझिएका मानिसहरू, पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई सरकारी वकिल कार्यालयमार्फत तथा प्रतिवादीका साक्षीहरूलाई बकपत्रका लागि बोलाएको हो ।

बकपत्र र अदालतले मागेका विवरण उपलब्ध भएपछि सन्दीपको मुद्दामा सुनुवाइको पेसी चढ्नेछ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट