आइतबार, मंसिर ११ २०७९

यूएईविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो



  • नेपालदीप
  • सोमबार, कार्तिक २८ २०७९
551
SHARES

काठमाडौं : नेपाली राष्ट्रिय पुरुष क्रिकेट टीमका नवनियुक्त कप्तान रोहित पौडेलले यूएईविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा टस जितेर फिल्डिङ रोजेका छन्।

रोहितको कप्तानीमा हुन लागेको पहिलो खेलमा दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सोमपाल कामी, अर्जुन साउद, गुल्शन झा, हरिशंकर साह, कुशल भुर्तेल, करण केसी र ललित राजवंशीले प्लेइङ ११ मा स्थान बनाएका छन्।

नेपालले आजदेखि सुरु हुने तीन ख्लको बाइलाट्रल सिरिजमा तीन खेल खेल्ने छ। दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय बुधबार र तेस्रो शुक्रबार हुनेछ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट