आइतबार, मंसिर ११ २०७९

यूएईले टस जितेर ब्याटिङ रोज्यो



  • नेपालदीप
  • बुधबार, कार्तिक ३० २०७९
475
SHARES

काठमाडौं : आज हुने नेपाल र यूएईबीचको खेलमा यूएईले टस जितेर ब्याटिङ रोजेको छ। बिहान ९ बजे त्रिवि क्रिकेट मैदानमा हुने खेलमा नेपालले टस हारेर फिल्डिङ गर्ने भएको हो।
सोमबारदेखि कीर्तिपुरमा सुरु भएको यूएईविरुद्धको एकदिवसीय शृंखलामा नेपालले आज दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा ८४ रनको पराजय भोगेको नेपालले शृंखला जोगाउन जित्नुको विकल्प छैन।

घरेलु मैदानमा भएको शृंखलामा १–० ले पछि परेको नेपाली टिमले आज पनि हार बेहोरे एक खेल अगावै शृंखला भ्रमणकारी यूएईलाई सुम्पिने छ। डिसेम्बर पहिलो साता विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणमा निस्किने तयारीमा रहेको नेपाली टिमले आज प्लेइङ ११ मा उल्लेख्य प्रदर्शन गर्ने सम्भावना छ।

आज खेल्ने नेपाली टिममा रोहित पौडेल, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सोमपाल कामी, अर्जुन सउद, गुल्सन झा, आरिफ शेख, कुशल भुर्तेल, करण केसी, ललित राजवंशी सामेल छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट