आइतबार, मंसिर ११ २०७९

आयोगले सूर्य थापालाई भन्यो-भेलुबाजेलाई २ हजार रुपैयाँ दिएको हो ?



  • नेपालदीप
  • शुक्रबार, मंसिर २ २०७९
741
SHARES

निर्वाचन आयोगले नेकपा एमालेका उम्मेदवार सूर्य थापालाई पुन: स्पष्टीकरण सोधेको छ । प्यूठानबाट प्रतिनिधि सभामा उम्मेदवार रहेका थापालाई आयोगले पुन: स्पष्टीकरण सोधेको हो ।
आयोगका कानुन अधिकृत मोहन राज जोशीले शुक्रबार विज्ञप्ति जारी गर्दै भेलुबाजेको नामबाट चिनिएका मीनबहादुर बुढालाई २ हजार रुपैयाँ दिएर आफ्नो चुनावी प्रचारप्रसारमा सहभागी गराएको बारेमा आयोगले थापालाई स्पष्टीकरणा सोधेको छ ।
प्यूठानमा थापाको चुनावी प्रचारमा सहभागी भएका बुढाले आफूलाई प्रचारमा गए वापत थापाले २ हजार रुपैयाँ दिएको बताएका थिए । उनको भनाई सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट