आइतबार, मंसिर ११ २०७९

इतिहास पुनर्लेखनको आवश्यकता



  • नेपालदीप
  • शनिबार, मंसिर ३ २०७९
836
SHARES

भारतमा इतिहासको शिक्षण बर्तमान अवस्था हेरेर यसले भूतकालका विभिन्न घटना वारे जानकारी दिन्छ भन्ने जानकारी प्राप्त हुन्छ । के इतिहासको काम केवल भूतकालका घटनाहरूवारे जानकारी दिनु मात्र हो, के सत्य-असत्य घटनाहरूको ठीकठीक जानकारी दिनु होइन र ? यदि इतिहासको काम केवल पुराना घटनाहरूको जानकारी मात्र हो भने तिनको उपयोगिता के ? इतिहास शिक्षणको सम्पूर्ण परम्परामा यस प्रश्नको उत्तर प्राप्त हुँदैन र परिणामबाट प्रष्ट बुझ्नु पर्छ कि इतिहासको अध्ययनको लक्षनै प्रष्ट छैन । इतिहास शिक्षणको ऊदेश्य नै प्रष्ट नहुँदा राष्ट्रीय पाठ्यक्रममा समावेश गरिएका सामग्री र तिनको प्रमाणिकताका विषयमा प्रश्न उठ्नु स्वभाविक हुन्छ । यदि कुनै राष्ट्रको इतिहास नै प्रष्ट छैन भने तेसमा समावेश गरिका पाठ्यक्रमहरू खण्डित हुन्छन् वा विकृत हुन्छन् नै ।

कुनै पनि देश वा समाजले आफ्नो इतिहासको समग्र अध्ययन होस् भन्ने चाहन्छ । इतिहासमा पढाई हुने विषयवस्तुले हाम्रो र हाम्रो सांस्कृतिक परिवेशआदिको सहिसही प्रतिनिधित्व गर्छ कि गर्दैन भन्ने अति महत्वपूर्ण हुन्छ । विश्वभरीको इतिहास आफ्नो परिवेशमा लेखिएको हुन्छ र सबैले आफ्नो मौलिकता जोगाएको हुन्छ । असलमा, कक्षा दश भन्दा माथि इतिहास थोरै पढाइन्छ तर त्यस भन्दा तलका कक्षाहरूमा लगभग सबैले इतिहास पढ्नुपर्छ । यदि यतिधेरै विद्यार्थीले इतिहास पढिरहेका हुन्छन् भने त्यो सत्य र तर्कसङ्गत हुनुपर्छ । तर हामीले साना बालबालिकाहरूलाई अन्य केही घटनाहरू बताइरहेका हुन्छौं सत्य होइन ।

इतिहास चाहे हुन् क्षेत्रको होस्, घटनाहरूको चयन, प्रविधि र तेसको व्याख्या सबैभन्दा महत्वपूर्ण हुन्छ । भारतजस्तो देशमा इत्हस भन्दा पनि पहिलेको इतिहास आज पनि निरन्तर रहेको देख्न सकिन्छ । तर दुर्भाग्यवास इतिहास पूर्वको भारतवर्षीय इतिहासलाई खण्डित दृष्टिकोणले हेर्ने र बुझ्ने प्रयत्न गरिएको छ । यदि इतिहास छ भने त्यो शुअर्य, पराक्रम र मानवजातिको कल्याणको लागि हुन्छ । तर कक्षा दश भन्दा तल्लो कक्षाहरूका बालबालिकाहरू एस्तो शौर्य र मानवकल्याणकारी इतिहासका विषयमा थोरै मात्र जानकारी प्रदान गरिएको छ । यदि स-साना कक्षाहरूमा ठीकठीक इतिहासको जानकारी दिने हो भने बालबालिकाहरू आफ्ना पूर्वजहरूको सही इतिहास र त्यसको प्रवृत्तिसंग परिचित हुन्थे ।

ज्ञानको विस्तारको लागि इतिहासको उपयोग हुन्छ र उद्देश्य पानो ज्ञानको विस्तार गर्नुहुन्छ । इतिहास लेखन र इतिहासको ज्ञान दूवै निरन्तर चल्ने प्रक्रिया हुन् । यस्तो चेतना किन आवश्यक छ ? यो किशोरकिशोरीहरूको चेतनालाई उच्च बनाउन हो कि अझैं निम्नस्तरमा झार्न हो ? अंग्रेजहरूले इतिहास लेख्ने क्रममा गरेका अनुचित क्रियाहरू कत्तिपनि लुकाएका छैनन् । उनीहरूले भविष्यमा भारतवर्षको ज्ञान परम्परामा ठीकठीक विकास हुने तत्थ्त बुझेका थिए । उनीहरूले भारतवर्षीय ज्ञान अर्थात् संस्कृतभाषाको उपयोग नै धर्मपरिवर्तनका लागि गरे । यदि यसपछिको घटनाहरूमा चिन्तन गर्ने हो भने इतिहासको स्रोतका रूपमा इन्डिक भने । यो इन्डिक शब्द निकै हानिकारक छ किनभने यसले भरतवर्षीय इतिहासलाई फारसीहरूसंग जोडेर बुझ्ने र भारतवर्ष र फारस बीच अभिन्न सम्बन्ध रहेको काल्पनिक विश्वास स्थापित गर्छ । एस्तो इतिहासले भारतवर्षको बास्तविक इतिहास जान्न सकिन्न । यो इतिहास परम्परामा अनेकौं धर्मांतरण तथा अनेकौं अत्याचार हुँदैहुँदै पनि ११ रौँ शताब्दिदेखि १७ औं शताब्दिका बीचमा ४५ हजार भन्दा बढी मौलिक पुस्तकहरू लेखिएको र भारतवर्षका सबै भाषामा लेखिएको भनेर कहीं उल्लेख गर्दैन । १२ रौँ शताब्दिमा लेखिएको “लीला चरित्र” बास्तवमा एउटा इतिहास हो । तेहा हामीले भन्न सक्नुपर्छ कि भारतवर्षमा जे-जति ग्रन्थहरू लेखिएका छन् ती सबैले भारतवर्षका भाषाहरूबाट स्रोत प्राप्त गरेका छन्, मौलिक तथा विश्वसनीय छन् । हामीले समीक्षा गर्नुपर्छ कि बास्को डी गामाले जुन तीन बटा पत्रहरू लिएर भारतवर्षमा आएको थियो ती मध्ये एउटा पोर्चुगाली भाषा र दूई अन्य उर्दूमा “भारतवर्षका” सम्राटका नाममा लेखिएका ती । तेस बखत भारतवर्षमा कुनै सम्राट थिएन । तेस बखत गरिएको यात्राको सामान्य घटनाक्रमलाई जोडेर भारतवर्षको इतिहास खोज्ने प्रयत्न गरियो । तेसपछि भारतवर्षको खोजी बास्को डी गामाले गरेका हुन् भन्ने आपत्तिपूर्ण इतिहास लेखन आरम्भ गरियो तर उसले बोकेका तीन बटा पत्रहरूको विषयवस्तु पूर्णतया अनदेखा गरियो । यसरी भारतवर्षको बास्तविक इतिहासमा खलल पारियो र कोलम्बसले अमेरिका खोजेझैं बास्को डी गामालाई भारतवर्षको अन्वेषकका रूपमा बालबालिकामा पस्कियो । जवसम्म यो काल्पनिक इतिहास परिवर्तित हुँदैन किशोरकिशोरीहरूको धारणामा परिवर्तन आउंदैन ।

उपलब्ध स्रोतहरूबाट १० कथामा पढेको इतिहासलाई एउटा बालकले आजीवन सत्य ठान्छ र अन्य इतिहासलाई असत्य ठान्छ । यसबाट उसको मनमा आजीवन विरोधाभास उत्पन्न र तेसमा जिउन बाध्य हुन्छ । हो, ठूलो भएर इतिहास पढेपछि कुनै पनि बुद्धिमान व्यक्तिले आर्यआक्रमणको सिद्धान्तलाई मान्न सक्दैन । के यस्तो विरोधाभासको मानसिकता उत्पन्न हुनुभन्दा पहिले नै समाधान गर्नु पर्दैन ? यदि यो कुरा इतिहासको पाठ्यक्रमको निर्माण गर्दा नै उद्देश्य प्रष्ट पार्दिनु पर्दैन र ?

इतिहास लेख्दा जे-जस्ता न्यूनताहरू छन्, तिनको समाधान गरिनुपर्छ । देशका १०% जनसंख्या इतिहासको शिक्षाबाट टाढा छ । विद्यालय पाठ्यपुस्तकहरूमा इतिहास सम्बन्धि शिक्षा प्राप्त छैन । खासगरी आदिवासी जनजातिहरू वास्तविक इतिहास जान्नबाट पूरै बन्चित छन् । अनि, यस देशका निवासीहरूलाई विभिन्न वहानामा घुमफिर गर्नबाट र आ-आफ्नो जीवन पद्यतिअनुसार जीवन यापन गर्न प्रतिबन्धित गरियो । यस्तो गर्नु भारतवर्षको सांस्कृतिक तथा सामाजिक आत्मामा प्रहार गर्नुनै थियो किनभने यसो गर्दा नै भारतवर्षको जीवन पद्धति परिवर्तन गर्ने एउटा प्रक्रिया थियो । हामी सबैले जानेका छौँ कि १८ रौँ शताब्दिसम्म भारत एउटा वैश्विक आर्थिक शक्ति थियो । यस्तो प्रतिबन्धका कारण परम्परागत शिल्प र व्यापारिक पद्धतिउपर धेरै नराम्रो प्रभाव पर्यो र भारतवर्षको मौलिक इतिहास हरायो । कुनै एउटा देश जहाँको १०-१२ प्रतिशत जनसंख्या प्रभावशाली थियो, ती मध्ये हामीले एकदुईलाई मात्र बुझेका छौँ । परिणाम यो हुन्छ कि विद्यालयका बालबालिकाहरूले त्यस बाहेकका अनेकौं जातजातिका विषयमा कत्ति पनि जान्दैनन् । उनीहरूले ती जनजाति वा आदिवासीका विषयमा त्यत्तिनै बुझ्ने गर्छन्, जति तेस विषयमा अंग्रेजहरूले लेखिदिएका छन् ।

यसरी इतिहासको पुनर्लेखन अत्यावश्यक भएको छ । यस्तो पुनर्लेखन गर्दै गर्दा आफ्नै देशका तथाकथित विद्वानहरू र रेडिमेड इतिहास पढिरहेका विद्यार्थीहरूलाई आफ्नो देशको गौरव र परम्पराहरूको सत्यहरूबाट सुसज्जित गर्नुमा रहन्छ । सही इतिहास बुझ्नुको अर्थ आफ्नो देशको वास्तविकता बुझ्नु हो । भारतलाई कसरी बुझ्ने हो, भारतको कुन स्वरूपलाई बुझ्ने हो र यहाँको युवा पुस्ताले आफ्नो इतिहासलाई कसरी बुझ्ने छ र यस प्रति कसरी आस्था व्यक्त गर्ने छ ? यो सबै कुरा इतिहासको ज्ञानसंग सरोकार राख्ने विषय हो । यदि इतिहासको शिल्प, कौशल र ज्ञानको विस्तारमा उपयोगी छैन भने हामीले विज्ञानको इतिहास बुझ्नुपर्छ जहाँ त्यसको समुचित उपयोग छ । विज्ञानको उद्देश्य प्रष्ट भएझैं इतिहासको पनि उद्देश्य प्रष्ट हनुपर्छ र यसको प्रचीरबाट इतिहासलाई बुझिनु पर्छ ।

इतिहासका प्राध्यापकहरूको काँधमा उपरोक्त किशोर-किशोरीहरूको मनका प्रति महत्वपूर्ण जिम्मेदारी छ, यदि तिनले यो अभिभारा पूरा गर्छन् भने १००% विद्यार्थीहरूले इतिहासको उद्देश्य थाहा पाउँछन् र यो लक्ष्य पूरा गर्न उद्देश्यपरक परिणाममा आधारित कार्यक्रम बनाएर कार्यन्वयन गरेर मात्र प्राप्त गर्न सकिन्छ । समाजको इतिहास, राष्ट्रको इतिहास, संस्कृतिको इतिहास यदि प्राविधिज्ञ, शिक्षाविद् तथा वैज्ञानिकहरूले निर्माण गर्छन् तेस्तो इतिहास स्वीकार्य हुन्छ, र त्यो स्थायी हुन्छ । अत: मनुष्यहरूको निर्माण प्रक्रियामा जुन इतिहासको महत्वपूर्ण परिणाम प्राप्त हुनेछ, त्यो पढाउनु पर्ने छ ।  यो नै इतिहासको उद्देश्य हुनुपर्छ ।

हाम्रो इतिहासको दृष्टिकोण ती किशोर-किशोरीहरूको मनमष्तिस्कलाई अगाडी राखेर निर्माण गरिनुपर्छ, जसले उनीहरूलाई भविष्यमा गौरवशाली भारतीय बन्ने सुनिश्चित हो । इतिहासको पाठ्यक्रमले आफ्नो देशको अन्तरवस्तु बुझेको हुनुपर्छ । विगत ७० वर्षदेखि विग्रिएको यो पाटो विगत ८ वर्षमा सुधार्ने प्रयत्न गरिंदै छ । यसको गतिलाई तीब्रता दिनु पर्ने हुन्छ । अहिलेजस्तो भारतवर्षप्रति सकारात्मक दृष्टिकोण निर्माण भएको छ, तेस्तो कहिलै थिएन । यस सकारात्मक कालखण्डमा इतिहास पनि सकारात्मक र भारत केन्द्रीत बन्न सक्छ । भारतलाई, भारतीयहरूलाई, भारतीय ज्ञान दृष्टिका आधारमा भारतको सुबोधपूर्ण इतिहास निर्मित गर्नुपर्छ । यस्तो सुबोध, आत्मबोधको इतिहासका आधारमा मात्र २१ औं शताब्दिका चुनौतिहरूसंग मुकवाला गर्ने सक्ने सक्षम युवावर्गको निर्माण हुनसम्भव छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट