आइतबार, मंसिर ११ २०७९

लक्ष्मणलाल कर्णले जोगाउन सकेनन जमानत



  • नेपालदीप
  • बुधबार, मंसिर ७ २०७९
361
SHARES

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता लक्ष्मणलाल कर्णको जमानत जफत भएको छ । उनी पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । अन्तिम मत परिणाममा चौथो स्थानमा रहेका कर्णले १ हजार ११७ मत प्राप्त गरे ।

जनता समाजवादी पार्टीका प्रदीप यादव २२ हजार ५३७ मतसहित विजयी बन्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बागी उम्मेदवार अजय द्विवेदीले २० हजार ९१७ मत प्राप्त गरे ।
तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका किरणमान डंगोलले २ हजार ६५१ मत प्राप्त गरे । पर्सा-१ बाट प्रतिनिधिसभा सदस्य पदमा २१ जनाले उम्मेदवारी दिएका थिए ।

प्रतिनिधिसभा निर्वाचन ऐनअनुसार हरेक उम्मेदवारले जमानत जोगाउनका लागि कुल खसेको मतको १० प्रतिशत मत प्राप्त गर्नुपर्छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७० मा उम्मेदवारीले राख्नुपर्ने धरौटीबारे उल्लेख गरिएको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट