आइतबार, मंसिर ११ २०७९

सिंहकाे जित संगै हेटौडामा घन्कियो राजा आउ देश बचाउ



  • नेपालदीप
  • बिहिबार, मंसिर ८ २०७९
874
SHARES

मकवानपुर- १ हेटौडामा राप्रपाका दीपकबहादुर सिंहकाे जित संगै राजा आउ देश बचाउको नारा घन्किएको छ। राप्रपाका दीपकबहादुर सिंहको विजय भएसंगै उनका समर्थक्ले राजा आउ देश बचाउको नारा घन्किएका हुन।
मतगणनामा चल्दै गर्दा सुरुदेखि नै कांग्रेसकी महालक्ष्मी डिना उपाध्यायले एमालेबाट सूर्य चुनाव चिन्ह लिएका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पछि पारिरहेकी थिइन् । चुनावअघि चर्चा भए पनि मध्यसम्म पनि मतपरिणाममा राप्रपा उम्मेदवार दीपकबहादुर सिंह दृश्यमै थिएनन् । उपाध्याय र थापाले राप्रपाका सिंहलाई आफ्नो भोट काट्ने भन्दै शंकाको नजरले त हेरेका थिए, तर प्रतिस्पर्धी मान्न तयार थिएनन् ।

जब हेटौंडा उपमहानगरपालिका क्षेत्रका मतपेटिकाबाट मतपत्र निकाल्न थालियो, डिनालाई अग्रता जोगाउन सकस मात्रै परेन, नगरका केही वडाको मत गन्न बाँकी छँदै कमल थापाले हार स्वीकार गर्ने अवस्था बन्यो ।
एकाएक नगर क्षेत्रबाट आएको मतले दीपक सिंहलाई संसदको ढोका खोलिदियो । जुन, मतपरिणाम कांग्रेस, एमाले, राप्रपा नेपालका लागि ‘सरप्राइज’ थियो ।

अन्तिम मतपरिणाम अनुसार सिंहले २७ हजार ८१६ मत प्राप्त गरे । डिनाले २५ हजार ४३४ मत प्राप्त गरिन् भने कमल थापाले २५ हजार ४२० मत पाए । तेस्रो नम्वरमा रहेका सिंह हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु भएपछि उकालो लाग्न थालेका थिए । हेटौंडा ९ र १० नम्वर वडाको मत गन्न बाँकी रहँदा सिंह १८ मतले अघि बढे । अन्ततः२ हजार ३९६ मतान्तरमा विजयी भएरै छोडे ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट