आइतबार, मंसिर ११ २०७९

निर्वाचन परिणामबारे ओली : मुलुक अस्थिरतातर्फ जाने खतरा बढ्यो



  • नेपालदीप
  • बिहिबार, मंसिर ८ २०७९
380
SHARES

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको बताएका छन्।

झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओलीले झापाको दमकस्थित निर्वाचन आयोगमा प्रमाणपत्र ग्रहण गर्दै उक्त धारणा राखेका हुन्।

पूर्वप्रधानमन्त्री ओलीले नेकपा (एमाले)ले मुलुकमा स्थिरता, स्थायित्व कायम गर्न खोजेको तर त्यसअनुसार निर्वाचनको परिणाम भने नआएकाले मिलीजुली सरकार बनाउनेतर्फ राजनीतिक पार्टी लाग्नुपर्ने अवस्था सिर्जना भएको बताए।

उनले अबको एक–दुई वर्ष बहुमतको सरकार बनाउन गाह्रो हुने र बहुमतको सरकार बनिहाले पनि टिकाउन गाह्रो हुने ओलीले बताए।

यो निर्वाचन परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा बढेको तर्कसमेत ओलीको थियो।

निर्वाचन जितेको प्रमाणपत्र बुझेपछि जनताको स्वागत ग्रहण गर्दै अध्यक्ष ओलीले निर्वाचन उत्सव भएकाले यसलाई रमाइलोको रुपमा लिन नहुने बताए । उनले ५ वर्ष देश उकालो लागेमात्र देशले गति दिने भए पनि चुनावको परिणामले स्थायित्व नदिने बताए । अब टाउका गनेर भाग हिस्सा दिनुपर्ने अवस्था आउने उनको भनाइ थियो ।

ओलीले भने- अब सरकार बनाउन गाह्रो ,बनाएपछि टिकाउन झन् गाह्रो हुने भयो । मिलिजुली सरकार बनाउनेतिर देश गयो । हरेक साँसदको भाउ बढ्यो । राजनीति एक दुई महिना सरकार गठनको खेलमा लाग्ने भयो ।

ओलीले चुनावी परिणामले कुनै पनि दलको वहुमत नदिएकाले भवितव्यले संसदमा पुगेकाहरुको टाउको गनेर मोलतोल हुने बताए ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट