आइतबार, मंसिर ११ २०७९

निर्वाचन परिणाम पछि प्रचण्ड ओली फोन बार्ता : मिलेर अघि बढौं



  • नेपालदीप
  • बिहिबार, मंसिर ८ २०७९
399
SHARES

निर्वाचन परिणामलाई लिएर एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच फोन बार्ता भएकोछ। बिहीबार दिउँसो प्रचण्डलाई टेलिफोन गर्दै ओलीले यस्तो आग्रह गरेको उनको सचिवालयले जनाएको छ।

‘तिक्तता बढ्दै जाँदा निकै वरपर भइएछ, अब बसेर कुरा गरौं,’ ओलीले भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘हामीलाई टाढा पार्ने शक्तिहरु अहिले पनि सक्रिय नै छन् ।’
प्रचण्डले बसेर कुरा गर्ने र अगाडिको बाटोबारे चाहिँ समीक्षा गर्नुपर्ने बताएका थिए ।

प्रचण्डको जवाफ उद्धृत गर्दै उनको सचिवालयले भन्यो ‘हामी गठबन्धनमा छौं, चुनावको सबै परिणाम आइसक्न बाँकी नै छ,’ ‘पहिले हेरौं न परिस्थिति कसरी अघि बढ्छ ।’

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट