मंगलबार, माघ २४ २०७९

कांग्रेसको आन्तरिक विवादले गठबन्धन असफल :बेदुराम भुसाल



  • नेपालदीप
  • शनिबार, मंसिर १० २०७९
3.6K
SHARES

गठबन्धन गरेर सबैभन्दा फाइदा एकीकृत समाजवादीलाई भएको छ । एकीकृत समाजवादीले गठबन्धन पूर्णरूपमा सफल भएको निष्कर्ष निकालेको छ । एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट जितेको छ, जबकि उसका २० ठाउँमा मात्रै उम्मेदवार थिए । एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले मोटामोटी रूपमा गठबन्धन सफल भएको बताए । ‘गठबन्धन गरेपछि जुन खालको परिणाम आउला भन्ने अपेक्षा गरेका थियौं, त्यस्तो भएन,’ उनले भने, ‘कांग्रेस र माओवादीले पनि जति जित्नुपर्ने थियो, त्यो सकेनन् । त्यसैले सबै कोणबाट समीक्षा गर्नुपर्नेछ ।’

महासचिव भुसालका अनुसार कांग्रेसका उम्मेदवार भएका स्थानमा गठबन्धनका अन्य दलको भोट गएको तर कांग्रेसकै आन्तरिक विवादले उसलाई घाटा लागेको बताए । ‘कतिपय ठाउँमा कांग्रेसको आन्तरिक विवादले काम गरेको छ, जसको कारण गठबन्धनका उम्मेदवारले हार्नुपर्‍यो,’ उनले भने, ‘गठबन्धनलाई कांग्रेसको एउटा पक्षले आधारभूत रूपमा सहयोग गरेन ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार