
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम क्षेत्र नम्बर १ मा पूनः मतदानको माग गरेका छन् । मत गणनाको क्रममा खसेको मतभन्दा धेरै गणना भएको भन्दै उनले पुनः मतदान गर्नुपर्ने माग गरेका हुन् ।
अहिलेसम्म गणना भएको मतमा खसेको भन्दा २६६ बढी मत गणना भएपछि खनालले पुनः मतदानको माग गरेका छन् । सो क्षेत्रमा एमालेका महेश बस्नेतले सुरुवातदेखि नै अग्रता लिएका छन् । खनालले भने अब पूनः मतदानको माग गर्दै मतगणनामा भाग नलिने स्पष्ट पारेका छन् ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।