
चुनावी दौडमा लागेका सुरक्षा निकायका उच्च पदबाट अवकाश पाएका चर्चित प्रहरी अधिकारीहरूमा पूर्वआइजिपी ध्रुवबहादुर प्रधानले मात्र जित हासिल गर्न सफल भएका छन। पूर्वप्रहरी महानिरीक्षकसहितका चर्चित प्रहरी अधिकारीहरु चुनावी दौडमा थिए ।
पश्चिम नवलपरासी २ मा उम्मेदवारी दर्ता गरेका पूर्वआइजिपी ध्रुवबहादुर प्रधानले करिब २० वर्ष सक्रिय राजनीति गर्दा बल्ल संसद्मा पुग्ने भएकाछन। नवलपरासी पश्चिम- २ मा राप्रपा उम्मेदवार ध्रुवबहादुर प्रधान विजयी भएका छन्। उनले कांग्रेस उम्मेदवार देवेन्द्रराज कँडेललाई पराजित गरेका हुन्।
चर्चित पूर्वप्रहरी अधिकारी रमेश खरेल काठमाडौं– १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएर पराजित भएका छन्। उनले सुशासन पार्टी नेपाल नामको पार्टीनै खोलेर त्यसको अध्यक्षसमेत बने । राजनीतिमा अपराधीकरण र माफियाकरण बढेकाले टुलुटुलु हेरेर बस्न नसकी आफू राजनीतिमा आएको खरेल बताउँछन् ।
चर्चित प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पदबाट अवकाश प्राप्त भएपछि नेकपा (एमाले)बाट चुनाव लड्दै छन् । गत महिना मात्र एमाले प्रवेश गरेका उनले काठमाडौं– ६ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गरेर परजित भए।
त्यस्तै पूर्वडिआइजी नवराज सिलवाल त सक्रिय राजनीतिमा आएको धेरै भैसकेकोछ। ०७४ मा प्रहरी सेवाबाट राजीनामा दिएर एमालेबाट राजनीति गरेका उनले ललितपुर– १ बाट चुनाव जिते र यो वर्ष पनि सोही क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए र पराजित भएका छन्।
सशस्त्र प्रहरीका पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठ राप्रपाबाट काठमाडौं– ४ मा उनी राप्रपाको उम्मेदवारका रूपमा प्रतिस्पर्धामा होमिएका हुन् ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।