मंगलबार, माघ २४ २०७९

चुनाब जित्ने बित्तीकै एक्सनमा रवि, मल डिपोमा ‘छापा’ भने, किसानको समस्या समाधान गर्छु



  • नेपालदीप
  • शनिबार, मंसिर १० २०७९
3.3K
SHARES

हेटौँडा । चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चुनाब जित्ने बित्तीकै एक्सनमा उत्रिएकाछन। उनले साल्ट ट्रेडिङ कर्पोरेसनको नारायणगढ शाखामा किसानलाई मल वितरण हुन नसक्नुको कारण खोजेका छन् ।
निर्वाचित भएको प्रमाणपत्र बुझेपछि लामिछाने सोझै कर्पोरेशनको कार्यालय पुगेर कर्पोरेशनका शाखा प्रमुख बुद्धिविनोद दाहालसँग किसानलाई समयमानै मल वितरण हुन नसक्नुको कारणबारे प्रष्टीकरण मागेका थिए । रविले काम गर्न नसक्ने भए राजीनामा दिएर जान दाहाललाई सुझाएका छन् ।

लामिछानेले दाहाललाई भने, ‘छैन भनेर किसानलाई पठाउन भएन, काम गर्नुपर्‍यो, काम गर्न नसक्ने मान्छेले राजीनामा पनि दिन पर्छ, यो खरो कुरा हो, यसलाई तपाईँहरूले अन्यथा लिनु भएन ।’

काम पनि गर्न नसक्ने, लबिङ पनि गर्न पनि नसक्नेले किसानको समस्यालाई टुलुटुलु हेरेर बस्ने भए राजीनामा दिएर जान दाहाललाई सुझाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने आफू यस क्षेत्रको जनप्रतिनिधि भएकोले किसानको समस्या समाधान गर्ने दायित्व आफ्नो पनि रहेको बताएका थिए ।
उनले मलको समस्या तुरुन्त समाधान गर्न आजै बाट पहल गर्ने बताए ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार