मंगलबार, माघ २४ २०७९

सरकारको नेतृत्वका लागि गगन थापासँग छलफल गर्दै रामचन्द्र पौडेल



  • नेपालदीप
  • आइतबार, मंसिर ११ २०७९
1.9K
SHARES

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भावी सरकारको नेतृत्वका लागि छलफल सुरु गरेका छन् । पौडेलले शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेर र नेता विमलेन्द्र निधिलाई आफ्नै निवास बोहराटारमा बोलाएर छलफल गरेका छन् ।

सभापति देउवाले आफू ‘रिजिड’ नहुने वचन दिएको भन्दै हौसिएका पौडेलले महामन्त्री गगन थापासँग पनि छिट्टै छलफल गर्ने स्रोत बताउछ । ‘उहाँ (रामचन्द्र) कन्फिडेन्ट देखिनुभएको छ । सरकारको नेतृत्व गर्न विषयमा छलफल गर्न पार्टीभित्रका अरु नेताहरुसँग पनि छलफल गर्नुहुन्छ,’ पौडेल निकट एक नेताले भने ।

महामन्त्री थापाले संसदीय दलको नेता चुनिनका लागि तयारी तीव्र पारिरहेका बेला पौडेलको सक्रियता बढेको छ । ‘गगन जीले संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने भनेर नै मत माग्नु भएको छ । त्यस्तो अवस्थामा सरकारको नेतृत्वका लागि तयारी भन्दै पौडेलले गरेको तयारी प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई सघाएर गगन थापा या ईतर समुहका प्रतिस्प्रधिलाई हराउने उद्देश्य हुनसक्ने ईतर समुहका एक संसदको राय छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार