मंगलबार, माघ २४ २०७९

राहदानी लिँदा जनताले सास्ती भोग्न नपर्ने गरी काम गर्छौं- प्रचण्ड



  • नेपालदीप
  • मंगलबार, पुष १२ २०७९
1.7K
SHARES

जनताले पाइरहेको सास्ती कम गर्नेबारे निर्णय भएको ,नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  बताएका छन्।

सोमबार साँझ कार्यभार सम्हालेर मन्त्रिपरिषद बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सेवाग्राहीको लामो लाइन हुने राहदानी विभाग, यातायात विभाग लगायत जस्ता ठाउँमा सास्ती भोग्न नपर्ने गरी नियन्त्रण र व्यवस्थापन गरिने बताए।

‘जनताले ठाउँठाउँमा पाइरहेका सास्ती र दु:खहरूलाई कम गराउनेबारे, जस्तो लाइसेन्स सम्बन्धी विषयमा लामालामा लाइन र पीडा देखिएका छन्। त्यस विषयमा केन्द्रित भएर समयभित्रै नियन्त्रण गर्ने र प्रधावकारी ढंगले सेवा दिनेबारे निर्णय गरेका छौं,’ उनले भने।

काठमाडौंको नारायणहिटीबाट त्रिपुरेश्वरस्थित सुविधा सम्पन्न भवनमा राहदानी विभाग सरेको एक वर्ष पूरा भइसकेको छ। तर पासपोर्ट (राहदानी) पाउनकै लागि बिहान झिसमिसेमै सर्वसाधारणले लाइन बस्नुपर्ने समस्या अझै हल भएको छैन।

अझ पासपोर्टका लागि आवेदन दिन समेत सर्वसाधारणले समस्या खेपिरहेका छन् र त्यस विषयमा केन्द्रित भएर समयभित्रै नियन्त्रण गर्ने र प्रधावकारी ढंगले सेवा दिनेबारे निर्णय गरेका छौं भनेर प्रचण्डले बताउनुभयो |

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार