मंगलबार, माघ २४ २०७९

डोटीमा नेपाली सेनाले गर्यो हेली प्याड निर्माण: बिरामीलाई आकस्मिक उद्धार गर्न सहज



  • नेपालदीप
  • बुधबार, पुष २० २०७९
2K
SHARES

२० पुस, डोटी ।

नेपाली सेना द्वारा डोटीको बोगटान क्षेत्रमा हेलीप्याड निर्माण भएको छ । जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाको केन्द्र चवारा चौतारामा नेपाली सेनाले हेली प्याड निर्माण गरेको हो | यो हेलिप्याड जिल्ला सदरमुकामभन्दा बाहिर बनेको  पहिलो हेलीप्याड हो |

विपदमा परेका, जटिल अवस्थाका गर्भवती /सुत्केरी महिला तथा गम्भिर खालका बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भन्ने उद्देश्यका साथ हेली प्याड निर्माण गरिएको नेपाली सेनाको भैरवप्रसाद गण सिलगढीका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्कीले बताए । ‘जिल्ला सदरमुकामदेखि टाढा रहेको यस क्षेत्रमा सडकको सहज पहुँच नहुने भएकाले आपतकालीन् अवस्थामा हेली उद्दार गर्न सहज होस भन्नका लागि हेलीप्याड निर्माण गरेको हो,’ कार्कीले बताए ।

गाउँपालिकाको समन्वयमा सेनाले पाँच लाखको लगानीमा हेली प्याड निर्माण भएको हो । हेली प्याड निर्माण  हुनु खुसीको कुरा भएको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए । प्राकृतिक विपदको समय उद्धारमा साह्रै कठिनाइ भोग्नुपरेको थियो, हेली प्याड निर्माण भएपछि त्यस्ता कठिनाइ नरहने बताइएको छ |

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार