मंगलबार, माघ २४ २०७९

ट्विटरले ल्यायो तिन नयाँ फिचर: अब शब्द सीमा बिना नै ट्विट गर्न मिल्ने



  • नेपालदीप
  • सोमबार, पुष २५ २०७९
1.1K
SHARES

२५ पौष , काठमाडौ |

इलन मस्कले ट्विटर प्लाटफर्ममा तिन नयाँ फिचरहरू थप्ने भएका छन्। मस्कले ट्विटमार्फत छिट्टै धेरै शब्दको  ट्विट गर्न मिल्ने र बुकमार्क बटन फिचर समावेश गर्ने जानकारी दिएका हुन्।  ट्विटरले प्लाटफर्ममा स्प्याम र बोट अकाउन्टहरू नियन्त्रण गर्न ब्लू-टिक सदस्यता सेवा रोल आउट गर्ने योजना घोषणा गरेपछि यी फिचरहरूको बारेमा पहिलो पटक गत वर्ष नै संकेत दिएको थियो।

धेरै शब्दको ट्विट गर्न मिल्ने फिचरले प्लाटफर्ममा प्रयोगकर्ताहरूको लागि कुनै पनि ट्विट गर्नको लागि २८० अक्षरहरुको वर्तमान शब्द सीमा हुनेछैन।  योसंगै  प्रयोगकर्ताहरूले लामो पोस्ट गर्न सक्ने भएका छन्।

यस बाहेक, आफ्नो प्लाटफर्ममा टिन्डर जस्तै स्वाइप फिचर समावेश गर्ने पनि उनले बताएका छन्। ट्विटरले यसै हप्ताको अन्त्यमा  नै टिन्डर स्वाइप फिचरलाई आफ्नै प्लाटफर्ममा ल्याउनेछ।

स्वाइप विकल्प रोल आउट भएसंगै यस माइक्रोब्लगिङ प्लाटफर्ममा सिफारिस गरिएका र फलो गरिएका ट्विटहरू ब्राउज गर्नका लागि प्रयोगकर्ताहरूलाई दायाँ वा बायाँ स्वाइप गर्न मिल्नेछ। धेरै शब्दको ट्वीट गर्न मिल्ने फिचर भने फेब्रुअरीको सुरुमा लञ्च हुनेछ।

स्वाइप फिचर धेरै ठूलो यूजर इन्टरफेसको पहिलो भाग रहेको मस्कले ट्विटमार्फत सूचित गरे।

यस फिचरले शब्द सीमा कुनै चिन्ता नगरी वा ट्विटको थ्रेड नबनाई आफ्नो दृष्टिकोण सहजै व्यक्त गर्न सक्ने बनाउनेछ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार