
२६ पौष , काठमाडौ
सरकारले पृथ्वी जयन्तिको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
बिसं २०६२/६३ को जनआन्दोलन र गणतन्त्र स्थापनापछि सरकारले यो बिदा कटौती गरेको थियो।
प्रधानमन्त्रीलाई समर्थन गरेको दल राप्रपाले सरकारमा सहभागी हुन २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिई सार्वजनिक बिदा दिनुपर्ने माग राखेको थियो।
सत्ता साझेदारहरुको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुषमा सार्वजनिक बिदा दिने उल्लेख भएको छ।
यसै अनुसार नै बिदा दिन सोमबारको मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको हो।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।