
२९ पौष , काठमाडौं |
गृह मन्त्रालयले २४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ । उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहिबार एसएसपीहरुको काज सरुवा गरेका हुन् ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भरत बहादुर बोहरालाई ६ महिनामै सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बोहरालाई प्रहरी प्रधान कार्यालय स्थित सुपरिवेक्षण तथा अनुगमन महाशाखामा सरुवा गरिएको छ ।
अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराई प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन महाशाखा र काठमाडौं प्रहरी प्रमुख बोहोरा सुपरीवेक्षण तथा अनुगमन महाशाखा नक्साल सरुवा भएका छन् ।
उनीहरूले असार २२ मा काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गर्ने जिम्मेवारी पाएका थिए । तर, उनीहरुको कमाण्ड क्षमतामाथि प्रहरी प्रधान कार्यालयले प्रश्न उठाउँदै आएको थियो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईलाई पनि ६ महिनामा हटाइएको छ । कार्यक्षमतामा कमजोर मानिएका भट्टराईलाई प्रहरी प्रधान कार्यालय स्थित सुरक्षा सेवा व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा दान बहादुर कार्की र डा मनोज कुमार केसीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा गरिएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका सिद्धि विक्रम शाहलाई पठाइएको छ । सुशिल सिंह राठौरलाई कर्णाली प्रदेश तालिम केन्द्र नेपालगञ्जमा सरुवा गरिएको छ । जिवन कुमार श्रेष्ठलाई मानव बेचविखन अनुसन्धान ब्यूरोमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।