मंगलबार, माघ २४ २०७९

नगर सभामा नगर प्रहरी ऐन लगायत बिभिन्न ऐन संसोधन



  • नेपालदीप
  • शुक्रबार, पुष २९ २०७९
1K
SHARES

२९ पौष , काठमाडौं |

काठमाडौं महानगर प्रहरी अहिलेसम्म महानगरले २०७२ मा निर्माण भएको विनियमावलीअनुसार मात्रै चलिरहेको थियो । महानगरले अब भने ऐन नै निर्माण गरेर नगर प्रहरीलाई ऐन मातहत राख्न खोजेको हो ।

आज राष्ट्रिय सभामा भएको १२औं नगरसभामा विध्ायन समितिका संयोजक मचाकाजी महर्जनले नगर प्रहरी विधेयक २०७९ प्रस्तुत गरेका हुन् ।

शुक्रबार कै नगरसभामा सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक पेश भएको छ । यो विधेयक महानगरले पहिलोपटक ल्याएको हो ।

काठमाडौं महानगरपालिकाले नगर प्रहरी ऐन बनाउने भएको छ ।

महानगरका कानुन, न्याय तथा मानवअधिकार विभागका निर्देशक वसन्त आचार्यका अनुसार ऐनमा नगर प्रहरीको भर्ना, छनोट प्रक्रिया, पुरस्कार, दण्ड जरिवाना, सेवा-सुविधा, बढुवा लगायत विषयहरु समेटिएको छ ।

आचार्यका अनुसार नगर सभामा पेश भएको ऐन अब विधायन समितिमा दफावार छलफल भएर पेश हुनेछ । त्यसपछि नगरसभा सदस्यहरुले पास, फेलको निर्णय गर्छन्  ।

यस्तै नगर सभामा बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७, कर्मचारीको सेवा सर्त सम्बन्धी ऐन, २०७७  पेश भएको छ । आन्तरिक लेखा परीक्षण तथा संगठन संरचनाको संक्षिप्त अध्ययन सम्बन्धी प्रस्ताव नीतिगत निर्णयका लागि पेश हुनेछन् । आजको नगर सभामा आर्थिक ऐन संशोधनका लागि पेश भएको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार