
माघ १ , काठमाडौं |
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय तहमा नै योग शिक्षाको अध्ययन, अध्यापन गराउन सरकारले भूमिका खेल्ने बताएका छन्।
आइतबार भक्तपुरमा आयोजित ८ औं राष्ट्रिय योग दिवसको अवसरमा बोल्दै उनले मानिसलाई मानसिक रूपले पनि तन्दुरूस्त बनाउन विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउनुपर्ने बताएका हुन्।
उनले विद्यालय र विश्वविद्यालय तहमा नै योग शिक्षालाई प्राथमिकता दिएर अघि बढाउन सके नेपालबाट संसारभर योग प्रशिक्षक दिन र नेपाललाई नयाँ पहिचान दिनसक्ने बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय योग दिवस समारोहमा सहभागी भएका छन् ।
भक्तपुरको सानोठिमीमा आयोजित मूल समारोहमा सहभागी भएका प्रचण्डले पनि योग गरे । कार्यक्रममा प्रचण्ड र अन्य सहभागीले गुरुसँगसँगै योग गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले योग शिक्षालाई जनस्तरमा पुर्याउन सरकारको तर्फबाट संस्थागत व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए।
आजका दिनलाई नेपालमा राष्ट्रिय योग दिवसका रुपमा मनाउने गरिन्छ । आज ‘स्वस्थ जीवनको चाहना : योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।