
माघ १, काठमाडौ |
नाबालिगलाई जबर्जस्ती करणी गरेको मुद्दामा अभिनेता पल शाह तनहुँ जिल्ला कारागारमा छन् ।
उक्त मुद्दामा नवलपुर अदालतले उनलाई साढे दुई वर्ष कैद सजाय सुनाइसकेको छ । तनहुँ जिल्ला अदालतमा चाहिं आगामी माघ ३ गतेलाई पेसी तोकिएको छ ।
जिल्ला कारागार तनहुँमा जेल सजाय भुक्तान गरिरहेका पल शाहलाई लिएर चलचित्र ‘ओ सजन’ बन्ने भएको छ ।
कारागारभित्रै शाहले केही फिल्मको स्क्रिप्ट पढ्दै गरेको खबर यसअघि नै सार्वजनिक भैसकेको छ ।
निर्माताले शाह जेलमा रहेको अवस्थामा नै उनलाई मुख्य भूमिकामा लिएर चलचित्र बनाउन अनुमति लिएका हुन् ।
यस्तोमा उनलाई प्रमुख भूमिकामा लिने योजनासहित एक फिल्म निर्माताले शुक्रबार चलचित्र विकास बोर्डबाट फिल्म निर्माणको इजाजतपत्र लिएका छन् । राया फिल्म्स प्रालिले पलको मुख्य भूमिका हुने गरी फिल्म ‘ओ सजन’ निर्माणको अनुमति लिएको हो ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।