मंगलबार, माघ २४ २०७९

कबिता : मृत्युको उडान



  • नेपालदीप
  • सोमबार, माघ २ २०७९
3.3K
SHARES

” मृत्युको उडान ”

विभिन्न दर्शनहरुमा पढ्दै थिएँ
मान्छेलाई मानव बनाउने दर्शन कुन होला?
दर्शनले के गर्छ? कसलाई गर्छ? बिर्सिएँ आज
बुझेँ व्यवस्थापन आफैँ अव्यवस्थित हुँदा
जीवित आत्मा मृतात्मा बन्दारहेछन्

पृथ्वीको गर्भबाट ७२ जना कम भयो
परिवारको गर्भबाट सिङ्गो संसार क्षणमै बिलायो
कहाँ लेखिन्छ काल आउने दिन ?
सायद देवसँग आयु दिने यन्त्र हरायो!

पोलिँदै रुँदै तिमी बिलिन भयौ
आखिर अविरल बगिरहेका आँसुले समेत आगो निभाउन सकेन
लाग्थ्यो पढेर मान्छे ठुला हुन्छन्, इतिहासमा नाम लेख्छन्
इतिहासमा नाम लेख्न जिउँदै जल्नुपर्ने रहेछ
आखाँअगाडी आफ्नै मृत्यु देख्दादेख्दै मृत्युकै बाटो रोज्नु पर्ने रहेछ

यो कस्तो बिडम्बना
सपना मरे, आश मरे
कतिले लास पाए , कतिका त लास पनि मरे
धिक्कार छ!
कठै! मेरो देशको प्रणाली कठै व्यबस्थापन
देशका खम्बाहरु उभिन नपाउदै खोँचमा ढले

खैर
मन दह्रो बनाउनु छ
सपनाको सहरमा सपनाकै अन्त्य भएको छ
असफल अवतरणले मृत्यु हुने आत्माहरुलाई
स्वर्गमा सफल अवतरण गराउनु छ |

प्रार्थना गरौँ |🙏

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार