मंगलबार, माघ २४ २०७९

दुर्घटना भएको यति एयरको विमानको ‘ब्ल्याक बक्स’ भेटियो , के रहेछ त कारण ?



  • नेपालदीप
  • सोमबार, माघ २ २०७९
1.2K
SHARES

माघ २ , काठमाडौं |

आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज बिहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिए। |

प्रवक्ता निरौलाका अनुसार ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइएको छ। उक्त ब्ल्याक बक्स आजै काठमाडौँ ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको भनाइ छ।

ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ। ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ।

पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमान आइतबार बिहान १०ः३२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो ।

क्याप्टेन कमल केसी नेतृत्वको चालक दलले उडाएको जहाज १०ः५० बजे अन्तिम पटक पोखरा टावरसँग सम्पर्कमा आएको थियो ।

कार्यालयका एक अधिकारीका अनुसार क्याप्टेन केसीसँगको सम्पर्कमा पोखरा टावरका एयर ट्राफिक कन्ट्रोलरले रनवे ३० मा ल्याण्ड गर्न आग्रह गरेका थिए । तर, केसीले अर्को रनवे मागेको ती अधिकारीले बताए ।

‘रनवे थ्री जेरोमार्फत ल्याण्ड गर्न भन्दा क्याप्टेनले होइन १२ बाट आउँछु भनेर अर्को रनवे खोजेका रहेछन्’, ती अधिकारीले भने, ‘अर्को रनवेबाट आउन क्लियरेन्स दिने वित्तिकै दुर्घटना भयो ।’ दुर्घटना के कारण भयो भन्ने अहिलेसम्म खुलेको छैन ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार