
३ माघ, काठमाडौं ।
देशभर नै नेपाल टेलिकमको मोबाइल सेवा अबरुद्ध भएको छ ।
कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन मंगलबार मध्यान्ह १२ बजेदेखि अबरुद्ध भएको हो ।
टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ ।
नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको छ |
टेलिकमले अहिलेसम्म सेवा अवरूद्ध भएकोबारे आधिकारिक कारण बारे कुनै जानकारी दिएको छैन ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।