मंगलबार, माघ २४ २०७९

शवको परीक्षण हुदैँ :शव आफन्तलाई हस्तान्तरण आज गरिने



  • नेपालदीप
  • बुधबार, माघ ४ २०७९
912
SHARES

माघ ४, काठमाडौं |

आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनामा परेर ज्यान गुमाएकामध्ये ४८ जनाको शव काठमाडौं ल्याइएको छ।

काठमाडौंबाट ६८ यात्रु र चालकदलका ४ सदस्य लिएर पोखराका लागि उडेको विमान धावनमार्गनजिकै सेती नदीको खोँचमा खसेको थियो।

अरू शव पहिचान गरी पोखराबाटै आफन्तलाई बुझाइँदैछ।

मंगलबार साँझसम्म ७१ जनाको शव भेटिए पनि  अझै एक जना हराइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए |

नेपाली सेनाको दुई हेलिकोप्टरमार्फत मङ्गलबार दिउँसो काठमाडौं ल्याइएका शव केहीबेर अघिदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण गर्न थालिएको यती एयरलाइन्सले जनाएको छ ।

मृतकका परिवार र आफन्तजनलाई ‘काउन्सिलिङ’ गर्ने काम मङ्गलबार सकिएपछि आज बिहानैदेखि शव परीक्षण सुरु गरिएको सो अस्पतालले जनाएको छ ।

कतिपयको शव पहिचानसमेत हुन नसकेकाले डिएनएका आधारमा पहिचान गरेर परीक्षणपश्चात एकैपटक मृतकका परिवार तथा आफन्तलाई हस्तान्तरण गरिनेछ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार