
‘ म माटो हुँ ‘
मेरो छातिमा निर्धक्क उभिइरहेको
यो रुख मेरो परिवार हो ।
यही रुखमाथी बसेर मलाई हेरिरहेका
चराहरु मेरा आफन्ति हुन् ।
हुन त ठुंड भएपछि
चरा जसरी पनि बाँच्ने रहेछ
हुन त जरा हुँदासम्म
रुख पनि बाँच्ने नै रहेछ
बाँच्न गाह्रो भएको त मलाई हो
म कसरी बाँचौँ ?
म माटो हुँ
मलाई त चुसिरहन्छ जराले पनि…
मलाई त ठुगिरहन्छ चराले पनि…
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।