
४ माघ, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने भएको छ ।
वंशाणुगत जण्डिसका बिरामी पुनको कलेजोमा धेरै जटिलता आएकाले प्रत्यारोपण गर्न चिकित्सकले सुझाव दिएका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई गत शनिबार रोल्पाबाट हेलिकप्टरमा ल्याई सुमेरु सिटी अस्पतालमा भर्ना गरिएको थियो ।
‘उहाँले यसअघि पनि बाहिर गएर धेरै पटक उपचार गर्नुभएको छ। अब उपचारले मात्रै कलेजोमा सुधार आउँदैन,’ अब उहाँसँग मिल्ने व्यक्तिको कलेजो खोजेर प्रत्यारोपण गर्नुपर्छ , ” उनको उपचारमा संलग्न कलेजो तथा पेट रोग विशेषज्ञ प्राध्यापक डाक्टर युवराज शर्माले भने |
पुनको कलेजोले ८० प्रतिशत भन्दा बढी भाग बिग्रिसकेको छ, त्यसैले कलेजो प्रत्यारोपण नै गर्नुपर्छ , डा. शर्मा बताउछन |
नेपालमा त्रिवि शिक्षण अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कलेजो प्रत्यारोपण हुन्छ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।