मंगलबार, माघ २४ २०७९

झरनाको ‘भगवत् गीता’को नायकमा विपिन कार्की अनुबन्धित



  • नेपालदीप
  • बुधबार, माघ ४ २०७९
1.2K
SHARES

माघ ४ , काठमाडौं |

झरना थापाको निर्देशनमा निर्माण हुन लागेको ‘भगवत् गीता’मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन् ।

निर्माण कम्पनी र अभिनेता कार्कीबीच बुधवार कागजी सम्झौता भएको हो । फिल्ममा सुहाना थापा र धीरज मगरसहित विपिन प्रमुख पात्रको रुपमा देखिंदैछन् ।

चलचित्रको माघ २० गतेदेखि छायांकन सुरु गर्ने तयारी गरिएको निर्माता सुनिलकुमार थापाले जानकारी दिए ।

जनकपुर र मनाङ आसपासमा चलचित्रको छायांकन गरिनेछ ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई आगामी वैशाख १ गते रिलिज गर्ने घोषणा यसअघि नै गरि सकिएको छ ।

फिल्मलाई अभिनेत्री सुहाना थापा सीईओ रहेको त्रिनेत्रम् डिष्ट्रिब्युसनले उपत्यकाबाहिर र काव्या फिल्मसले काठमाडौंमा वितरण गर्ने भएको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार