मंगलबार, माघ २४ २०७९

मृत घोषित गरेका शिशुले शास फेरेपछि: डाक्टरमाथि कुटपात



  • नेपालदीप
  • बुधबार, माघ ४ २०७९
1K
SHARES

माघ ४ , काठमाडौ |

मोरङको जहदा गाउँपालिका–३ भात्तिगन्जकी उमा मुखियाले कोशी अस्पतालमा पुस १७ गते छोरीलाई जन्म दिएकी थिइन्।

‘नर्मल डेलिभरी’ मार्फत जन्मेकी  शिशुको तौल १ किलो चार सय ग्राम थियो। हस्पिटलमा केही दिन बसेपछि उनलाई डिस्चार्ज दिइएको थियो।

आफ्नो १८ दिनकी नवजात छोरी अचानक बिरामी भएपछि बुबा दीलिप मुखिया र आमा उमा मुखियाले बुधबार बिहानै विराटनगरस्थित कोशी अस्पताल पुर्‍याए।

१ ८दिनका शिशुले दूध नखाएपछि उमादेवी मुखियालाई आफन्त र छरछिमेकीले अस्पताल लैजान सल्लाह दिए |

अस्पताल पुगेको केही समयपछि चिकित्सकले शिशुको धडकन नचलेको भन्दै मृत घोषित गरे । १९ दिनको छोरीको मृत्युको खबरले उमासहित आफन्तको रुवावासी चल्यो ।

अन्त्येष्टिका लागि भन्दै माइती घर लिएर गए । तर घर पुगेपछि आफन्तले हेर्दा शिशुले सास फेरिन् । हात खुट्टा पनि चलाएपछि हतार हतार एम्बुलेन्स बोलाएर कोशी अस्पताल नजिकै रहेको गोल्डेन अस्पताल भर्ना गरे ।

उपचारमा लापरवाही गरेको र  जिउँदो नवजात शिशुलाई मृत घोषणा गरेको आरोप लगाउँदै कोशी अस्पतालको आकस्मिक कक्षका डाक्टर आकाश यादवमाथि कुटपिटसमेत भएको छ। शिशुका आफन्तहरुले यादवलाई कुटपिट गरेका हुन्। कुटपिटबाट डाक्टर यादवको टाउकोमा चोट लागेको छ।

नवजात शिशुलाई हस्पिटल ल्याउँदा मुटुको धड्कन थिएन। सास पनि चलेको थिएन भनेर उपचारमा संलग्न चिकित्सकले भनेका छन्। त्यस विषयमा बुझ्ने काम भइरहेको छ,’ उनले भने, ‘यदि उपचारमा लापरबाही भएको पाइए  हस्पिटलले एक्सन लिनेछ।’

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार