मंगलबार, माघ २४ २०७९

टिकटकबाटै जुवा खेलाउने युवक पक्राउ, १५ दिनमा ८ लाख ५३ हजारको जुवा



  • नेपालदीप
  • बिहिबार, माघ ५ २०७९
779
SHARES

५ माघ, काठमाडौं ।

टिकटकमार्फत अनलाइन जुवा खेलाउने एक जना पक्राउ परेका छन् ।

रुकुम पूर्वको पुथा गाउँपालिका-५ घर भई ललितपुर हरिसिद्धि बस्ने ३५ वर्षीय हरिसचन्द्र मल्ललाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

उनले विभिन्न मानिसलाई ई सेवा मार्फत रकम राख्न लगाएर जुवा खेलेको देखिएको छ।

१५ दिनको अवधिमा मल्लले ८ लाख ५३ हजार रुपैयाँ बराबरको जुवा खेलाएको देखिएको छ।

उनीहरू विरुद्ध प्रहरीले मलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा १ बमोजिम कारबाहीको लागि प्रक्रिया अगाडि बढाएको छ।

केही दिन अघि मात्र प्रहरीले टिकटकबाट अनलाइन जुवा खेलाउने तीन जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

यो पनि पढ्नुहोस :

Nepal Deep | टिकटकमार्फत जुवा खेलाउनेलाई प्रहरीद्वारा पक्राउ 

 

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार