
माघ ५ , काठमाडौं |
टिभी शृंखलाबाट काम सुरू गर्दै पहिलो फिल्म सन् २००७ को ‘जम्बादा हुदुगी’ र मुख्य अभिनेताका रूपमा रिलिज भएको फिल्म ‘रकी’ बाट चलचित्रमा लागेका अभिनेता हुन् यश कन्नड |
उनले खेलेको दक्षिण भारतीय फिल्म ‘केजिएफए २’ २०२२ मा सर्वाधिक कमाउने फिल्म हो।
‘केजिएफ च्याप्टर १’ ले पनि राम्रो व्यापार गरेको थियो।
यसै फिल्मबाट अभिनेता यश कन्नड फिल्म क्षेत्रमा मात्र नभई विश्वभर चर्चित भएका हुन्। भारतीय सञ्चारमाध्यम एसियानेट न्युजका अनुसार ‘केजिएफ ३’ मा यस अभिनय गर्न चाहँदैनन्। यसकाे तेस्राे सिरिज २०२५ मा रिलिज हुने बताइएकाे थियाे। यशको कारण ‘केजिएफ ३’ प्रदर्शन ढिला हुने अनुमान गरिएको छ।
अभिनेता यश आफ्नो छवि एकै प्रकारको नहोस् भन्ने चाहन्छन्। उनी हलिउड अभिनेता डेनियल क्राइग र जेम्स बन्डको जस्तै छवि बनोस् भन्ने चाहँदैनन्।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।