मंगलबार, माघ २४ २०७९

मलेसियाबाट आएको बिमान नेपालमा अवतरण हुन सकेन , पुग्यो कलकत्ता



  • नेपालदीप
  • शुक्रबार, माघ ६ २०७९
1.1K
SHARES

६ माघकाठमाडौं ।

मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न नसकी फर्किएको छ ।

शुक्रबार बिहान भिजिविलिटी कम भएकाले विभिन्न ठाउँबाट आएका अन्तर्राष्ट्रिय उडानका जहाजहरू डाइभर्ट भएका छन् |

मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल वायु सेवा निगमको आरएनए ४१६  जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि पश्चिम बंगालको कलकत्तामा पुगेको छ।

 आज बिहानै देखि  काठमाडौंमा भिजिबिलिटी कम छ ।

अहिले विमानस्थलको भिजिविलिटी १६ सय मिटर छ।  विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार कलकत्ता डाइभर्ट भएको जहाज अवतरण हुन भिजिविलिटी २२ सय मिटर हुनुपर्छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार