मंगलबार, माघ २४ २०७९

न्यायाधीशहरूको तलब बढ्यो, कसको कति?



  • नेपालदीप
  • शनिबार, माघ ७ २०७९
1K
SHARES

काठमाडौं : सरकारले न्यायाधीश र संवैधानिक निकायका पदाधिकारीहरूको तलब पारिश्रमिक तोकेको छ। अर्थ मन्त्रालयले न्यायाधीश र संवैधानिक निकायका पदाधिकारीहरूको नयाँ तलबमान राजपत्रमा प्रकाशित गरेको छ।

सरकारले प्रधान न्यायाधीशको तलब १ लाख २ हजार २९३ रुपैयाँ तोकेको छ। न्यायाधीशहरूको तलब भने ८५ हजार ४३ रुपैयाँ तोकिएको छ। त्यस्तै उच्च अदालतका मुख्य न्यायाधीशको तलब ८० हजार ७०७, न्यायाधीशको ७६ हजार ३८३ र जिल्ला न्यायाधीशको तलब ६४ हजार ८९५ रुपैयाँ तोकिएको छ।

त्यस्तै न्याय परिषदका सदस्यको तलब पनि न्यायाधीशकै सरह ८४ हजार ४३ रुपैयाँ तोकिएको छ। त्यस्तै संवैधानिक निकायका प्रमुख पदाधिकारीको ८० हजार ७०७ रुपैयाँ तोकिएको छ भने पदाधिकारीको ७६ हजार ३८३ रुपैयाँ तोकिएको छ।

त्यस्तै राष्ट्रिय आयोजना आयोगका उपाध्यक्षको ७९ हजार ३८३ र सदस्यको ७७ हजार ६६० तोकिएको छ। यता संघीय संसदको महासचिवको ७७ हजार २११ रुपैयाँ तोकिएको छ भने सचिवको ७२ हजार ८२ रुपैयाँ तोकिएको छ। त्यस्तै राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्तको ८० हजार ७०७ र आयुक्तको ७६ हजार ३८३ रुपैयाँ तोकिएको तोयम रायाले जानकारी दिए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार