
माघ ८ , काठमाडौं |
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले गोलरहित बराबरी खेलेका छन् |
गएराति एन्फिल्डमा खेलमा दुबै टोलीले पाएका गोलका राम्रा अवसर गुमाउँदा खेल गोलरहित बराबरीमा टुंगिएको थियो |
लिगको शीर्ष चार बाहिर रहेका दुई क्लबले शनिबार गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
यो नतिजापछि लिभरपुल शीर्ष चार भन्दा ९ अंकले पछि परेको छ। ८ औँ स्थानमा रहको योगर्न क्लोपको टोली लिभरपुलको १९ खेलबाट २९ अंक छ।
खेलपछि लिभरपुलले छैठौं स्थानमा उक्लने मौका गुमायो।
चेल्सीले ८८ मिलियनमा भित्र्याइएका मिखाइलो मुड्रिकलाई दोस्रो हाफमा डेब्यू गराएको थियो । तर चेल्सीले जित निकाल्न सकेन ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।