
माघ ८ , काठमाडौं |
अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियामा छोटो फिल्म ‘ब्लड मनी’ बाट उत्कृष्ट अभिनेत्रीकाे अवार्ड जितेकी छन्।
उक्त फिल्ममा पारिवारिक आर्थिक अवस्थाले विदेशिएका युवाको कथा समेटिएको छ।
यसअघि ‘ब्लड मनी’ ले ह्वाइट पर्ल्स इन्टरनेशनल फिल्म फेस्टिभल र अथ्वीकवरुणी इन्टरनेशन फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो।
सिड्नीमा भएको अनर विथ बेस्ट एक्ट्रेस अवार्ड एट रिनाउन्स फिल्म फेस्टिभल ‘टाइटन’ मा ऋचाले उक्त अवार्ड जितेकी हुन्।
उक्त फिल्म फेस्टिभलमा लेखक तथा निर्देशक अशोक तिमल्सिनालाई सम्मान गरिएकाे थियाे।
फेस्टिभलमा १ सयभन्दा बढी देशबाट फिल्म सहभागी भएका थिए |
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।