
९ माघ, काठमाडौं ।
क्रिस्टियानो रोनाल्डोले साउदी क्लब अल नासरका लागि प्रतिस्पर्धात्मक खेलमा डेब्यु गरेका छन् ।
आइतबार साउदी प्रो लिगअन्तर्गत एतिफाकविरुद्धको खेलमा रोनाल्डोले अल नासरका लागि डेब्यु गरेका हुन् ।
रोनाल्डोको कप्तानीमा घरेलु मैदान एमरसुल पार्कमा भएको खेलमा अल नासरले एतिफाकमाथि १-० को कठिन जित निकाल्यो।
अलनासरका लागि ब्राजिलियन खेलाडी टालिस्काले निर्णायक गोल गरे। उनले खेलको ३१ औं मिनेटमा गोल गरेका थिए।
जितपछि अल नासर १४ खेलबाट ३२ अंक जोडेर शीर्ष स्थानमा छ । १६ खेल खेलेको अल हिलाल ३१ अंकसहित दोस्रो स्थानमा छ ।
३७ वर्षीय रोनाल्डोले गत महिना साउदी क्लबमा अनुबन्ध भएका थिए ।
यसअघि रोनाल्डोले अल नासर र अल हिलालका खेलाडी सम्मिमित रियाद अल स्टार एघारको कप्तानी गर्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइनविरुद्ध मंगलबार खेलेका थिए ।
पेरिस सेन्ट जर्मेइनले उक्त खेल ५-४ ले जितेको थियो । जहाँ रोनाल्डो २ गोल गर्दै म्यान अफ दि म्याच बनेका थिए । पेरिसका लिओनल मेसीले एक गोल गरेका थिए ।
रोनाल्डो क्लमा भित्रिएको लामो प्रतिक्षापश्चात डेब्यु गरेका हुन्। म्यानचेस्टर युनाइटेडमा रहँदा लागेको दुई खेलको प्रतिबन्धका कारण उनले पछिल्ला खेल गुमाएका थिए।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।