मंगलबार, माघ २४ २०७९

सोल्टी होटेलमा दुबई प्रोपर्टी शो गर्ने पाँच जना समातिए



  • नेपालदीप
  • सोमबार, माघ ९ २०७९
798
SHARES

माघ ९ , काठमाडौं।

सोल्टी होटेलमा दुई दिनदेखि भइरहेको दुबई प्रोपर्टी शो गर्ने पाँच भारतीय समातिएका छन्। होटलमै पुगेर प्रहरीले राहदानी नियन्त्रणमा लिएपछि भाग्ने आशंकामा उनीहरुलाई पक्राउ गरेको हो।

नेपाल राष्ट्र बैंकको चेतावनीविपरीत दुबईको द म्याक नामक कम्पनीले काठमाडौंमा गैरकानूनी रूपमा दुबई प्रोपर्टी शो आयोजना गरेको थियो।

प्रहरीले भारतीय नागरिक गुरुचरण सिंह मेहता, अनुभव वर्मा, हर्ष शर्मा, अफताव हमज, काजल रवि अग्रवाललाई पक्राउ गरेको हो।

काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले पाँच जनालाई भााग्ने आशंकामा नियन्त्रणमा लिएको जानकारी दिए। कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यालयबाट पनि अनुमति नलिएको स्रोतले बतायो। त्यसमा पनि नेपालका नागरिकले विदेशमा लगानी गर्न प्रतिबन्ध छ।

नेपालमा बसोबास गर्ने कुनै पनि नेपाल नागरिकले विदेशमा घरजग्गा, धितोपत्र, सम्पत्ति खरिद गर्न र विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्न पूर्ण बन्देज लगाइएको छ।

पछिल्लो केही वर्षदेखि नेपालका धेरै जनाले दुबईमा अपार्टमेन्ट र भिल्ला किनिरहेका छन्। त्यही देखेर कम्पनीले नै नेपालमा यस्ता शो आयोजना गर्दै आएको छ। स्रोतका अनुसार उच्चपदस्थ सरकारी कर्मचारी र उद्योगी व्यवसायीले दुबईमा अपार्टमेन्ट र भिल्ला किन्ने गरेका छन्।

लक्जरी अपार्टमेन्ट, टाउन हाउस र भिल्ला उक्त मेलामा ५ प्रतिशत रकम दिएर बुकिङ खोल्ने भन्दै उक्त कम्पनीले आक्रामक रूपमा तयारी गरिरहेको थियो। उक्त कम्पनीले घर खरिद गर्नेलाई युएईको १० वर्षे गोल्डेन भिसादेखि बैंकिङ कर्जाको सुविधा दिने जनाएको छ। प्रोपर्टी बुकिङ मात्रै गरे दुई जनालाई ३ रात ४ दिन दुबई लैजाने उल्लेख गरेको छ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार