मंगलबार, माघ २४ २०७९

बजार परिसूचक नेप्से १३.७१ अंकले गिरावट ,२१६५.१० अंकमा बन्द



  • नेपालदीप
  • सोमबार, माघ ९ २०७९
532
SHARES

९ माघ, काठमाडौं ।

सोमबार बजार परिसूचक नेप्से १३.७१ अंक (०.६३ प्रतिशत) ले गिरावट हुँदा २१६५.१० अंकमा बन्द भएको छ ।

गत कारोबार दिन अर्थात् बिहीबार ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३२९ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज ३ अर्ब ८६ करोड ४० लाख ८ हजार ९७३ रुपैयाँ पुगेको छ।

सोमबार आदर्श लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९३३ रुपैयाँ पुगेको छ।

यस दिन सर्वाधिक मूल्य घट्नेमा हिमालयन हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ७.७९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २९२ रुपैयाँ ५० पैसामा झरेको छ।

सोमबार सर्वाधिक सेयर खरिद–बिक्री कुमारी बैंकको भएको छ। यस दिन उक्त कम्पनीको २०८ रुपैयाँ ५० पैसामा २७ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक १.०८ प्रतिशत ले बढेको छ भने जलविद्युत समूहको परिसूचक सर्वाधिक २.४२ प्रतिशतले घटेको छ।

नेप्सेमा सुरुवातदेखि नै तिव्र उतारचढाव देखिएको थियो । उताचढावबीच अन्तिममा नेप्से दोहोरो अंकले गिरावट भएर बन्द भएको हो ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार