
९ माघ, काठमाडौं ।
उपसभामुख इन्दिरा राना मगरले शपथ लिएकी छिन् ।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच सभामुख देवराज घिमिरेले उनलाई शपथ गराएका हुन् ।
शपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थिति थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रानामगर उपसभामुखमा निर्वाचित भएकी थिइन् । उपसभामुखमा निर्वाचित भएपछि संसदमा निष्पक्ष भूमिका निर्वाह गर्नु पर्ने भएकाले राजनीतिक जिम्मेवारीबाट अलग भएकी हुन् ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।