मंगलबार, माघ २४ २०७९

गण्डकीका मुख्यमन्त्री अधिकारी पुगे बालुवाटार , भेटे प्रधानमन्त्री



  • नेपालदीप
  • मंगलबार, माघ १० २०७९
855
SHARES

१० माघ, काठमाडौं ।

प्रधानमन्त्री पष्पकमल दाहाल प्रचण्डलाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेटेका छन् ।

मुख्यमन्त्री अधिकारीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।

मुख्यमन्त्री अधिकारी र प्रधानमन्त्री प्रचण्डबीच समसामयिक राजनीतिक घटनाक्रम, गण्डकीमा मन्त्रिपरिषद विस्तारलगायतका विषयमा कुराकानी भएको बताइएको छ।

नेकपा एमाले प्रदेश संसदीय दल नेता अधिकारी सत्ता साझेदार दलहरूको समर्थनमा मुख्यमन्त्री भएका थिए।

गण्डकीमा मन्त्रालय संख्यासमेत घटाइएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा रहेका १२ वटा मन्त्रालयबाट ७ वटामा झार्ने निर्णय गरेको थियो।

गण्डकीमा सत्ता साझेदार दलहरू एमाले, माओवादी केन्द्र र राप्रपाका गरी ३१ जना सांसदले मुख्यमन्त्रीलाई समर्थन गरेका थिए।

प्रदेशमा मन्त्रालयको संख्या घटाएर भागबन्डा मिलाएपछि मुख्यमन्त्रीले अधिकारीले प्रधानमन्त्रीलाई भेटेका हुन् ।

यसअघि सोमबार बिहान सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पनि प्रधानमन्त्रीलाई भेटेका थिए ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार