मंगलबार, माघ २४ २०७९

यू-१९ विश्वकप: पहिलो खेलमा नेपालले सिंगापुरसँग सामना गर्ने



  • नेपालदीप
  • मंगलबार, माघ १० २०७९
380
SHARES

९ माघ, काठमाडौं ।

यू-१९ विश्वकप एसिया छनोटका लागि आइतबार नेपाल क्रिकेट संघ क्यानले नेपाली टिम सार्वजनिक गरेको थियो ।

नेपाल सहभागी रहने आईसीसी यू–१९ क्रिकेट विश्वकपको एसियाली छनोटको खेलतालिका सार्वजनिक भएको छ ।

फागुन १२ देखि १८ सम्म यूएईमा हुने प्रतियोगितामा ६ टिमको सहभागिता छ ।

यू-१९ विश्वकप एसिया छनोट डिभिजन टूबाट छनोट भएका हङकङ र सिंगापुर तथा डिभिजन वानमा रहेका नेपाल, युएई, मलेसिया र कुवेतबीच प्रतियोगिता एसियाली छनोट हुन लागेको हो ।

यो प्रतियोगिताको विजेता टिमले सन् २०२४ मा श्रीलंकामा हुने यू-१९ एकदिवशीय विश्वकपमा सहभागिता जनाउनेछ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार