
माघ १० , काठमाडौं |
भैरहवाको देवकोटा चोकमा रहेको जेल रेष्टुरेण्टमा सोमबार जिल्ला प्रशासन कार्यालयले छापा मारेको छ ।
त्यहाँ रहेको हत्कडी, बन्दुक जस्तो देखिने एयरगन र आत्महत्या गर्न प्रोत्साहन गर्ने फाँसी लगाउन प्रयोग गरिने पासो प्रशासनले जफत गरेको र सो रेष्टुरेण्ट बन्द गराएको छ |
उक्त रेष्टुरेण्ट खुलेको जानकारी स्थानीय सञ्चार माध्यमबाट बाहिरिएका थिए। अनुगमन गर्दा कैफियत देखिएका कारण रेष्टुरेण्ट बन्द गरिएको हो |
फरक प्रकृतिको देखिने भएको कारण पछिल्लो समय सो रेष्टुरेण्ट चर्चित भएको थियो। रेष्टुरेण्ट सञ्चालकलाई मंगलबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको उनले बताए।
यसबारे आवश्यक अनुसन्धान गरी प्रचलित कानुनअनुसार कारबाही गरिने उनले बताए। यो रेष्टुरेण्ट करिब एक महिना अघिदेखि सञ्चालनमा थियो।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।