मंगलबार, माघ २४ २०७९

एनसेल र शिक्वल फाउन्डेसनको सहकार्यमा ‘ह्याकाथन’ हुँदै



  • नेपालदीप
  • मंगलबार, माघ १० २०७९
570
SHARES

१० माघ , काठमाडौं।

शिक्‍वल फाउन्डेसनले एनसेलसँगको सहकार्यमा महिला ह्याकाथन कार्यक्रम गर्ने भएको छ।

सूचना प्रविधि क्षेत्रमा अध्यनरत छात्रा तथा त्यस क्षेत्रमा कार्यरत महिलाहरुलाई लक्षित गर्दै ‘ह्याकिङ फर ह्युम्यानिटी’ थिममा नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन कार्यक्रम हुन लागेको हो। ह्याकाथन माघ २७ देखि २९ गतेसम्म आयोजना हुने एनसेलले जनाएको छ।

‘विविधता, समानता र समावेशीकरणप्रति आफ्नो प्रतिबद्धता अनुरूप एनसेलले शिक्वल फाउन्डेसनसँग नेपालमा हालसम्मकै ठूलो मानिएको यो ह्याकाथनका लागि सहकार्य गरेको छ,’ कम्पनीले भनेको छ, ‘यसको प्रमुख उद्देश्य महिलाहरूलाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्नु हो।’

कार्यक्रमका अन्य साझेदारहरूमा ‘गर्ल्स इन टेक’ र ‘वुमन इन बिग डेटा’ छन्।

शिक्वल फाउन्डेसनका अनुसार, छनोटमा परेको सहभागी महिलाका समूहहरुले स्वास्थ्य, शिक्षा, कृषि लगायतका विभिन्न क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न विभिन्न सोलुसन्सका प्रोटोटाइपहरु बनाउने एनसेलले जनाएको छ। हाल यो कार्यक्रमको तयारी स्वरुप काठमाडौं लगायत देशका विभिन्न ठाउँहरुमा कजेल एक्टिभेसनका कार्यहरु भइरहेका छन्।

यस ह्याकाथनले महिलाहरुलाई सूचना प्रविधि क्षेत्रमा आफ्नो करियर बनाउन र यस क्षेत्रमा रहेका विभिन्न सम्भावनाहरुसँग उनीहरुलाई जोड्न महत्वपुर्ण योगदान पुर्‍याउने विश्वास एनसेलले लिएको छ।

यो कार्यक्रमले सूचना प्रविधिमा रहेका महिला र नन–बाइनरी ह्याकरहरुलाई एकअर्कासँग सहकार्य गर्न र आफ्ना नवीन सोचलाई सोलुसन्समा परिवर्तन गर्न एक प्लेटर्फम प्रदान गरेको बताइएको छ।

यस ह्याकाथनमा भाग लिन इच्छुक सूचना प्रविधि अध्ययन गरिरेहका छात्राहरु तथा यस क्षेत्रमा काम गरिरहेका महिलाहरुले तीन जनाको समूह बनाउन सक्छन् र सजिलै यो कार्यक्रमको रजिस्ट्रेसन कोड स्क्यान गरि एनसेल एपमार्फत आफ्नो समूह दर्ता गर्न सक्ने बताइएको छ।

दर्ता भएका समूहहरु मध्येबाट छानिएका समूहरुको लिस्ट माघ २० घोषणा गर्ने तयारी छ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार