
१० माघ, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।
मंगलबार बिहान ओली राष्ट्रपति निर्वाचन, प्रदेश सरकार बिस्तार लगायतका विषयमा छलफल गर्न बालुवाटार पुगेको बताइएको छ ।
साथै राष्ट्रपति निर्वाचन, प्रदेश सरकारहरूमा मन्त्रिपरिषदलाई पूर्णतालगायत विषयमा पनि कुराकानी भएको बताइएको छ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।