मंगलबार, माघ २४ २०७९

आइपिओ बिक्री गर्दै शुभम पावर



  • नेपालदीप
  • मंगलबार, माघ १० २०७९
608
SHARES

माघ १० , काठमाडौं |

सर्वसाधारणका लागि शुभम पावरले माघ १८ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री गरेपछि सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो।

सर्वसाधारणलाई कुल ५ लाख ८० हजार ५८० कित्ता आइपीओ जारी हुँदैछ। यसको १० प्रतिशत वैदेशिक रोजगारीमा जाने पाउनेछन्। उनीहरुलाई कुल ५८ हजार ५८ कित्ता छुट्याएको छ।

न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तामा लागि आवेदन दिन सकिनेछ। आवेदन छिटोमा माघ २२ गते बन्द हुँदैछ। पर्याप्त आवेदन नआए फागुन ३ गतेसम्म लम्बिने जनाएको छ।

आयोजना प्रभावितहरुले आरक्षित १ लाख ८० हजार ५ सय ८० कित्ता आइपीओमा आवेदन नदिएपछि सो सेयर पनि सर्वसाधारणको भागमा राखिएको जनाएको छ। यसअघि सर्वसाधारणको भागमा ४ लाख कित्ता छुट्याइएको थियो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार