मंगलबार, माघ २४ २०७९

मकवानपुर गोल्डकप माघ २९ गतेदेखि , प्रथमलाई १५ लाख



  • नेपालदीप
  • मंगलबार, माघ १० २०७९
988
SHARES

९ माघ, हेटौंडा ।

हेटौंडामा यही माघ २९ गतेदेखि पाँचौ स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता मकवानपुर गोल्डकप सुरु हुने भएको छ ।

प्रतियोगिता पिप्ले क्याम्पा रङ्गशाला हेटौंडामा हुनेछ ।

प्रतियोगितामा मनाङ्ग मर्स्याङदी, थ्री स्टार, त्रिभुवन आर्मी, हिमालयन शेर्पा, सातदोबाटो युवा, नेपाल पुलिस, एपीएफ, एनआरटी, मच्छिन्द्र, जावलाखेल युथ, एभिनिर एफसी क्यामरुन,आयोजक मकवानपुरले सहभागिता जनाउने सम्भावना रहेको आयोजकले जनाएको छ ।

मकवानपुर जिल्ला फुटबल संघ हेटौंडाको आयोजनामा हुने प्रतियोगितामा २ वटा विदेशी क्लबसहित १२ क्लबको सहभागिता रहने आज हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

फुटबल प्रतियोगितामा प्रथम हुनेलाई १५ लाख रुपैंया र द्वितीय हुनेलाई १० लाख रुपैंया पुरस्कारको व्यवस्था गरिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले जानकारी दिए ।

यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैंया, विधागत उत्कृष्ट खेलाडीलाई २५ हजार र म्यान अफ दि म्याचलाई १० हजार रुपैंया पुरस्कारको व्यवस्था गरिएको छ ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार