
माघ १० , काठामाडौं |
वागमती प्रदेशमा ३ वटा मन्त्रालय कटौती हुने भएको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले १४ बाट घटाएर ११ मन्त्रालय कायम गर्ने तय भएको बताए ।
प्रदेश मुख्य सचिव मुकुन्दप्रसाद निरौलाको नेतृत्वमा बनाइएको मन्त्रालय निर्धारण समितिले आज दिउँसो १ बजे प्रतिवेदन पेश गर्दैछ ।
अध्ययनका लागि १६ दिनको म्याण्डेट पाएको उक्त समितिले १० देखि ११ मन्त्रालय राख्न सुझावसहितको प्रतिवेदन बनाएको छ ।
स्रोतका अनुसार उद्योग तथा वाणिज्य मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सस्ंकृति तथा पर्यटन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई कटौती गरी अन्यमा गाभ्न सुझाएको बताइएको छ ।
डोरमणी पौडेल नेतृत्वमा ७ रहेको मन्त्रालयलाई अष्टलक्ष्मीको पालामा १ थपेर ८ बनाइएको थियो । राजेन्द्र पाण्डेले गठबन्धनमा भागबण्डा मिलाउन मन्त्रालयको संख्या १४ पुर्याएका थिए ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।