
१० माघ, काठमाडौं ।
संसदको क्यान्टिनमा खानपिनका लागि सांसदहरुका लागि छुट्टै स्थानको व्यवस्था गरिएको छ ।संसदको क्यान्टिनमा ठूलो हल छ। उक्त हल बारेर सांसदका लागि बेग्लै ठाउँ बनाइएको हो।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा रहेको क्यान्टिनमा सांसदहरूका लागि खाजा खाने बेग्लै ठाउँ बनाइएको हो।
क्यान्टिनमा बार लगाएर सांसदहरूका लागि बेग्लै ठाउँको व्यवस्था गरिएको छ र ढोकामा ‘माननीय सदस्यज्यूहरू मात्र ।’ लेखेको स्टिकर टाँसिएको छ ।
सुरक्षाकर्मी, कर्मचारी र पत्रकारहरूलाई भने सांसदहरूको कक्षमा जान दिइँदैन। उनीहरूका लागि बेग्लै ठाउँ बनाइएको छ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।